दफा २२
बजार संरक्षण अधिकृत तोक्ने
: (१) यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा तहकिकात गरी अदालत समक्ष मुद्दा दायर गर्ने काम समेतको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल राज्यको आवश्यक जिल्लामा कुनै अधिकृत  कर्मचारीलाई बजार संरक्षण अधिकृतको रुपमा तोक्नेछ ।
(२) बजार संरक्षण अधिकृतको योग्यता तथा अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछन् ।